२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालमा काेराेना : ' चौध जनामा सङ्क्रमण '

शुक्रवार , बैशाख १६, २०७९

काठमाडौँ, वैशाख । पछिल्लो दिन १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार दुई हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४३ जना रहेका छन् । पछिल्लो समय १९ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६१२ पुगेको छ ।

यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित हुने जिल्ला ३० पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ ।

हाल होम आइसोलेशनमा २३७, संस्थागत आइसोलेशनमा छ जना र सघन उपचारकक्षमा एक जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा दुई लाख नौ हजार ५६ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार