२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

‘बाँध मायाले’ सार्वजनिक

शुक्रवार , बैशाख १६, २०७९

काठमाडौँ, वैशाख । गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द सङ्गीत छ । गीतलाई सविन लिम्बूले सङ्गीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र विमला खाजुमलाई रोमाञ्चक मुद्रामा देख्न सकिन्छ ।

‘बहकिँदै छ मन बाँध मायाले , सम्हाल यो मन, चाहना छ तिम्रै हुने, एक जुनी होइन, अनेकौँ जुनी लगायत बोलका गीत समावेश गरिएको छ ।

भूपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन र सम्पादनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

यसअघि गायक तामाङको स्वरमा रहेको हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार