२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना भाइरस : 'बाइस जनामा सङ्क्रमण पुष्टि'

शुक्रवार , चैत्र १८, २०७८

काठमाडौँ, चैत । देशभर २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ८३५ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २२ रहेका छन् । पछिल्लो समय ७५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ४६९ पुगेको छ ।

यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित रहेका जिल्लाहरूमा सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, मनाङ, मुस्ताङ, पूर्व रुकुम, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्ला छन् ।

नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत छ । हाल होम आइसोलेशनमा ९७१, संस्थागत आइसोलेशनमा ५१, आइसियुमा १३ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ५९ हजार ५४३ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार