२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गायिका अरुणा लामाकाे स्मृति दिवस मनाइँदै

मंगलवार , माघ २१, २०७६

काठमाडौँ, माघ । नेपाली गायन क्षेत्रको सुप्रसिद्ध गायिका अरुणा लामाको बुधबार स्मृति दिवस परेको छ । स्मृति दिवसको अवसरमा काठमाण्डौको राष्ट्रिय नाचघरमा विशेष कार्यक्रम हुँदैछ । 

विसं २००२ भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको विसं २०५४ माघ २२ गते काठमाण्डौमा निधन भएको थियो । 

‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट गीति यात्रा अघि बढेको थियो ।

उनका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका दर्जनौँ  गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार