२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

म्युजिक भिडियो  : 'पालाम ' सार्वजनिक 

शुक्रवार , माघ १४, २०७८


ताप्लेजुङ, माघ  । माङ्गेना अनलाइन टीभीको प्रस्तुति रहेको ‘पालाम’ को म्युजिक भिडियो सार्वजनिक (विमोचन) गरिएको छ । माङ्गेना अनलाइन टिभीका प्रोपाइटर भक्त पालुङ्वाले निर्माण गर्नुभएको लिम्बू संस्कृतिमा आधारित पालामको म्युजिक भिडियो ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सार्वजनिक गरिएको हो । 
उक्त म्युजिक भिडियो प्रदेश १ का प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले सार्वजनिक गर्नुभएको हो । प्रदेश सांसद हाङ्गामले सार्वजनिक गर्नुभएको म्युजिक भिडियो १८ मिनेटको छ भने पालामभित्र लिम्बू जातिको मौलिक संस्कृति र परम्पराको गाथा गाइएको छ । पालामका अधिकांस सेरहरु  प्रेमिल भावमा बगेका छन् । 
पृथ्वीमाथि घुमी हिड्दा, प्रेमको पर्दा खोली हेर्दा’ जस्ता शब्द लिम्बू भाषामा समेटिएको गीतमार्फत प्रेमी–प्रेमिका बीचको प्रसङ्ग जोड्न खोजिएको छ । कथाका पात्र र विषय काल्पनिक बनाएर तयार पारिएको पालममा माङ्गेना अनलाइन टीभीका प्रोपाइटर भक्त पालुङ्वा र कौशिला चोङ्बाङको मुख्य अभिनय रहेको छ । 
पालामको अधिकांस दृश्य दोभानमा लाग्ने ऐतिहासिक पुसेमेलाको समयमा कैद गरिएको छ । लिम्बू संस्कृतिमा आधारित प्राचीन सामग्री धनुषकाँड, बिनायो लगायतको प्रयोग रहेको छ भने मेला, उत्सव, विवाहआदि साँस्कृतिक कार्यमा प्रस्तुत गरिने याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच)जस्ता दृश्य समावेश गरिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार