२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

म्युजिक भिडियो : 'एकै नजरमा' सार्वजनिक

शुक्रवार , माघ ७, २०७८

काठमाडौँ, माघ । युवाले सुन्दर युवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको एकै नजरमा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्धगर्नुभएको गीतमा राहुलप्रधानले सङ्गीत संयोजन गर्नुभएको छ ।

कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गर्नुभएको हो । विकास लामिछाने र बिना राउतले भिडियोमा अभिनय गर्नुभएको छ । भिडियोको सम्पादन दिन्सन शाहले गर्नुभएको हो ।

केशवराज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । सङगीतकार दाहालको आधिकारिक च्यानल टीका दाहाल म्युजिकमार्फत् भिडियो सार्वजनिक भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार