२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

महेन्द्र राजमार्ग खण्ड : '११ वटा पुल मर्मत हुँदै'

बिहिवार , मंसिर १६, २०७८


विराटनगर, मङ्सिर  । पूर्व – पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मोरङ खण्डका विभिन्न ११ वटा पुल पुराना र जीर्ण अवस्थामा पुगेको भन्दै मर्मत कार्य सुरुगरेको गरिएको छ । उक्त राजमार्ग अन्तर्गत इटहरीको बुढी खोलादेखि उर्लाबारीको मावा खोलासम्मका जीर्ण अवस्थामा पुगेका ११ वटा पुलको मर्मत कार्य सुरु गरिएको सडक डिभिजन कार्यलय विराटनगरका प्रमुख सुदर्शन कार्कीले बताएका छन ।  
रणनीतिक सडकभित्रका उक्त पुल धेरै पुराना र जीर्ण अवस्थामा पुगेका र कुनै पनि बेला ठूलो क्षति हुनसक्ने सम्भावना रहेकाले मर्मत सम्भार सुरु गरिएको डिभिजन प्रमुख कार्कीले बताएका छन  । 
जसमा बुढीखुला पुल इटहरी, सुकुना खोला पुल सुन्दर हरैचा, सुकुना पइनी पुल सुन्दर हरैचा,  लोहोन्द्रा खोला पुल बेलबारी, वेतना खोला पुल बेलबारी, चिसाङ खोला पुल बेलबारी सुनझोड पुल पथरी शनिश्चरे, मोरङी खोला पुल पथरी शनिश्चरे डाठ खोला पुल पथरीशनिश्चरे, बक्राह खोला पुल उर्लाबारी र मावा खोला पुल उर्लाबारी रहेका छन् । 
ती पुलमा एक्सपान्सन ज्वाइन्ट विधिबाट मर्मत गर्ने काम भइरहेको छ । जसमा पुलका जोर्नीहरुमा एक प्रकारको क्रङकिटको प्रयोग गरेर मर्मत गर्ने गरिन्छ । 
उक्त राजमार्गको सुनसरी खण्डतर्फका पनि अधिकांस पुल जीर्ण अवस्थामा रहेको तर बजेटको अभावले तत्काल मर्मत सम्भार गर्न नसकिएको डिभिजन प्रमुख कार्कीको भनाइ छ । बजेटको व्यवस्थापन गर्नसकेमा महेन्द्र राजमार्ग अन्तर्गत सुनसरी खण्डका पुल पनि मर्मत सम्भार गरिने उनले स्पस्ट पारे । 
महेन्द्र राजमार्गबाहेक सुनसरी मोरङका भित्रि सडकमा पनि विभिन्न ३४ वटा पुलको निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यलय विराटनगरले जनाएको छ । अधिकांस पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार