२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको भाउ १५ सयले बढ्यो

सोमवार , कार्तिक २२, २०७८

काठमाडौँ, कात्तिक।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको बताएको छ । तिहार अगाडी अन्तिम पटक कारोबार भएको कात्तिक १८ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार थियो ।

यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।तिहारपछि पहिलोपटक बजार खुलेको आज कात्तिक २२ गते छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार