२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मिस युनिभर्सको उपाधि सुजितालाई

आइतवार , कार्तिक १४, २०७८

काठमाडौँ, कात्तिक । मिस युनिभर्स नेपाल २०२१को ताज सुजिता बस्नेतले पहिरिन सफल बन्नुभएको छ । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उहाँले उपाधि चुम्नुभएको हो । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहियाउनुभएको थियो ।

शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने मिस युनिभर्समा विजेताले नेपालको प्रतिनिधित्व गनुएहुनेछ ।

कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहनुभएको थियो ।

गत वर्ष मिस युनिर्भसमा नेपालको प्रतिनिधित्व मिस युनिभर्स नेपाल २०२०की विजेता अंशिका शर्माले गर्नुभएको थियो । कार्यक्रममा डा केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित हुनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार