२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सबै प्रकारको इन्धनको भाउ बढ्यो : 'ग्यासमा ५० रुपैयाँ '

शुक्रवार , कार्तिक १२, २०७८

काठमाडौँ, कात्तिक । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। भारतीय आयल निगमले अक्टोबर १६ मा पठाएको मूल्यसूचीअनुसार १५ दिनमा २ अर्ब २२ करोड घाटा देखिएपछि निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १३३, डिजेल र मट्टीतेलको ११६/११६ रुपैयाँ निर्धारण गरिएको कार्कीले बताए।

हवाई इन्धनको साविक बिक्री मूल्यमा १० रुपैयाँ वृद्धि गरेर आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्याइएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा भने प्रतिसिलिन्डर ५० रुपैयाँ बढाएको छ।

ग्यासको नयाँ खुद्रा बिक्री मूल्य १५ सय रुपैयाँ तोकेको छ। मूल्य समायोजनपछि निगमको १५ दिनको घाटा १ अर्ब ८७ करोड हुने निगमले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार