२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

ताप्लेजुङ  : जलविद्युत आयोजना निर्माणको तयारी

शुक्रवार , कार्तिक १२, २०७८


ताप्लेजुङ, कात्तिक  । ताप्लेजुङको हिमाली गाउँ पापुङमा सोनाखोला जलविद्युत आयोजना निर्माणको तयारी सुरुगरिएको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित स्थानीय सोना तथा खहरे खोलाबाटसोनाखोला जलविद्युत आयोजना निर्माणको तयारी गरिएको हो । 
कुल ९ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी हिमाली हाइड्रो फन्ड प्रालिले सोनाखोला जलविद्युत आयोजना निर्माणको तयारी थालेको हो । आयोजनाको तयारीसँगै हिमाली हाइड्रो फन्ड प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असारमा स्वीकृत पनि गरिसकेको छ ।  
प्रस्तावित आयोजनाको अनुमति तथा ईआईए प्रतिवेदन स्वीकृत भएपछि निर्माण कम्पनीले निर्माणको कार्य थाल्नसक्ने भएकाले विभागले प्रभावित क्षेत्रका सरोकारवालाको राय तथा सुझाव माग गरेको छ । 
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै हिमाली हाइड्रो फन्ड प्रालिद्वारा प्रस्तावित उक्त आयोजना निर्माण गर्दा पर्ने असरका विषयमा प्रभावित क्षेत्रका बासिन्दासँग राय सुझाव मागेको छ । 
सो आयोजना सञ्चालनबाट प्रतिकूल असर पर्ने भएमा आफ्नो लिखित राय सुझाव ३५ दिनभित्र विभाग समक्ष पेश गरिसक्नुपर्ने छ । प्रस्तावित आयोजनाको निर्माणस्थल समुद्र सतहदेखि दुई हजार ७०५ मिटरको उचाइमा रहेको छ । उक्त उचाइको निर्माण स्थलमा दुई मिटर उचाइ र १८ मिटर लम्बाइको बाँध निर्माण जनाइएको छ । 
त्यस्त,ै एक हजार १०१.८४ मिटर लम्बाई बराबरको दूरीमार्फत पाइप बिछ्याएर ल्याएको पानीलाई हेडरेस हुँदै विद्युत गृहमा पु¥याएर विद्युत उत्पादन गरिने उल्लेख गरिएको छ ।  उक्त आयोजनाबाट उत्पादित विद्युत (ऊर्जा) लाई ३३ केभी स्विचयार्डमा जडान हुने १२ एमभीएको पावर ट्रान्सफर्मरबाट राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने छ । 
करिव ८ किमी लामो ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरण÷राष्ट्रिय प्रसारण ग्रिट कम्पनीबाट प्रस्तावित मेवा सव–स्टेसनमा जडान हुने पनि निर्माण कम्पनीले जनाएको छ । आयोजना आगामी २०८० साल कात्तिकभित्र आयोजना सम्पन्न गर्ने कम्पनीले लक्ष्य राखेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार