२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

बुधवार , कार्तिक १०, २०७८

काठमाडौँ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १८।०६ अङ्कले उकालो लागेर दुई हजार ७६९।१३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४९ अङ्कले बढेर ५१६।५६ मा पुगेको छ ।

कूल २२८ कम्पनीको एक करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर रु छ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० मा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ३१७।७४ विन्दुले उकालो लागेको छ । बैंकिङ १३।२६, व्यापार २३।४६, वित्त ९।६६, निर्जीवन बीमा १७८।२३, अन्य २२।८१, लघुवित्त ५८।६ र सामूहिक लगानी कोष ०।१४ अङ्कले बढेका छन् । त्यस्तै कारोबारमा आएका समूहमध्ये होटल तथा पर्यटन १०।२४, विकास बैंक १।५५, जलविद्युत्् २०।३८ र उत्पादन ४४।०८ अङ्कले घटेका छन् । कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको शेयर रु ४३ करोड १९ लाख ३१ हजार ५३३ मा कारोबार भएको छ ।

आइसीएफसी फाइनान्स रु २० करोड ९२ लाख ९६ हजार ९०७, एनआइसी एशिया बैंक रु १९ करोड ६१ लाख ५२ हजार १०, अरुण भ्याली हाइड्रोपावर रु १७ करोड ९७ लाख ९ हजार २१२ र बेष्ट फाइनान्स रु १७ करोड १० लाख ५१ हजार ७०४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । आजको कारोबारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नाफा बढेको विवरण सार्वजनिक गरेको बेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८।६८ प्रतिशतले बढेको छ । त्यस्तै एनआइसी एशिया लघुवित्तको शेयर ७।२१ प्रतिशतले, गुह्ेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य ६।७४ प्रतिशतले र मानुषि लघुवित्तको शेयरमूल्य ६।११ प्रतिशतले बढेका छन् ।

आज रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४।७१ प्रतिशतले घटेको छ । आँखुखोला हाइड्रोपावरको ३।८६ प्रतिशत, सिंगटी हाइड्रोपावर २।८८ प्रतिशत, हिमालयन पावर पार्टनरको २।६६ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको २।६३ प्रतिशतले शेयर मूल्य घटेको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७६ अर्ब ७४ करोड ७८ लाख ६० हजार पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार