मस्को, असोज । रुसी अभिनेत्री युलिया पेरेसिल्ड र चलचित्र निर्देशक क्लिम शिपेन्को मङ्गलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) आइपुगेको रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको छ ।
पेरेसिल्ड र शिपेन्को आईएसएसमा १२ दिन बिताएर आगामी चलचित्र, द चैलेन्जको दृश्य देखाउने छन्, जुन बाहिरी अन्तरिक्षमा खिचिएको पहिलो लामो फिचर फिक्शन फिल्म हुनेछ ।
उक्त चलचित्र अन्तरिक्ष यात्रीको जीवन बचाउनका लागि अन्तरिक्ष प्रस्थान गर्ने महिला डाक्टरको कथामा आधारित छ । रासस- सिन्ह्वा