रूपन्देही, असाेज । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको प्रतिस्थापन बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा एमालेको बहिष्कारकाबीच बजेट प्रस्तुत गरेका हुन् ।
जेटमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम भने हछाएकाे छ । माओवादी रोजेकी दाङकी बिमला खत्री वली र सरकारमा सहभागी भएका स्वतन्त्र प्रदेशसभा सदस्य अजय शाहीलाई कारबाही माग गर्दै एमालेले भदौ १ गतेदेखि लगातार प्रदेशसभा बैठक अवरोध गर्दै आएको छ।
सरकारले जबरजस्ती बजेट ल्याउन थालेपछि त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको हो । सरकारले चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ छ ।
त्यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रकम छ । सरकारले अघिल्लो सरकारले सुरुदेखि नै अघि सारेर लोकप्रिय बनेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हटाएको छ ।
त्यसको स्थानमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याइएको छ । त्यस्तै सरकारले प्रदेशका मुटु रोगीको उपचारमा सहयोग पुर्याउन र मुटुरोग सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरको क्याथ ल्याब निर्माण गर्ने भएको छ ।
त्यसका लागि १० करोड रकम विनियोजन गरिएको मन्त्री खड्काले बताएका छन ।