२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

करिश्मालाई केपी शर्मा ओलीको फोन

शनिवार , आश्विन २, २०७८

काठमाडौँ, असोज ।अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न टेलिफोन गरेका हुन् । करिश्माले सामाजिक सञ्जालमा आफूलाई पूर्वप्रधानमन्त्री ओलीले फोन गरेर परीक्षाको विषयमा जानकारी लिएको बताएकी छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै करिश्माले ओलीले अभिभावकले छोराछोरीलाई जस्तै गरी फोन गरेको र आफ्नो परीक्षाबारे जानकारी लिएको पनि बताएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार