२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अफगानिस्तान : '८६० जना नेपालीको उद्धार'

शुक्रवार , भाद्र १८, २०७८

काठमाडौँ, भदाै । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट बिहीबार राति दुई र आज एक जना काठमाडौँ आइपुगेको बताएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट हालसम्म ८६० को उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आज अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।

आगमनपछि उनीहरूलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको सिचुएशन रुम र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार