काठमाडौँ, साउन ।भ्वाइस अफ नेपालको तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो जन्मथलो झापामा छन् । इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग तथा तय भएको बधाई ज्ञापन कार्यक्रममा सहभागी हुनका लागि गजमेर त्यहाँ पुगेका हुन् ।पूर्वी नेपाल पुग्दा किरणले प्रदेश १ मा पहिलो स्वागत मुख्यमन्त्री शेरधन राईबाट पाए । बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमै एक कार्यक्रम गरि गजमेरलाई मुख्यमन्त्री राईले स्वागत तथा सम्मान गरेका थिए । उनले प्रदेश १ मा मात्रै पाईने रुद्राक्षको माला लगाईदिदै स्वागत गरेका थिए । राईले गजमेरलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा एक औपचारिक कार्यक्रम गरि विशेष सम्मान गर्ने प्रतिबद्धता गरेका छन् ।विहीबार इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व पुगेका उनले भुटानी शिविर पथरीमा रहेका अशक्त र वृद्दवृद्दाहरुलाई जनही ५ हजारका दरले भत्ता समेत दिएका थिए ।यो क्रम हरेक महिना रहदै आजिवन भत्ता उपलब्ध गराउने इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाका रुद्र बानियाँले जानकारी गराए । त्यस्तै बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा पनि किरणको लागि स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाले वृद्दाश्रम निर्माण गरेको छ ।रातको समयमा त्यहाँ पुग्दा गजमेरलाई हेर्न भनी सयौँ झापालीहरु कोरोना र निषेधाज्ञाको प्रवाह नगरी प्रतीक्षामा देखिन्थे । किरणले सो ठाउँबाट अर्को एउटा एम्बुलेन्स पनि सहयोग गर्ने घोषणा गरेका छन् । अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा पश्चिममा १ र पुर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन् ।कार्यक्रममा इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष अभिनेता दिलिप रायमाझी, अभिनेताहरु रमित ढुंगाना र संजीत भण्डारी, समाजसेवी शुरेन्द्र शेर्मा लगायतको पनि उपस्थिति रहेको थियो ।