२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौद्रिक नीति  : 'जागिरेलाई २५ लाखसम्म ऋण दिने राष्ट्र बैंकको घोषणा'

शनिवार , श्रावण ३०, २०७८


काठमाढौँ, साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। उक्त मौद्रिक नीतिमा जागिर गर्नेहरुलाई २५ लाख रुपैयाँसम्म ऋण दिने राष्ट्र बैंकले घोषणा गरेको छ।

जागिरेहरुको आधार दरमै ऋण दिने व्यवस्था गरेको मौद्रिक नीतिकमा उल्लेख गरिएको छ। गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो ऋण २५ लाख रुपैयाँसम्म दिने घोषण गरेको् हो।

यो ऋण पाउनेहरुमा डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक र अन्य कर्मचारी रहेका छन्। यसको ब्याज दर जुन संस्थाबाट ऋण लिने हो त्यसको आधार दर बराबर हुने जनाइएको छ।  

यो ऋण २ वर्षका लागि उपलब्ध गराइने बैंकले जनाएको छ। यसका लागि धितो भने अनिवार्य गरिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार