काठमाडौं, साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ परेका छन् ।
चर्चित व्यापारी कुन्द्रालाई मुम्बई क्राइम ब्रान्चले सोमबार राति पक्राउ गरेको हो । उनी माथि अश्लील चलचित्र बनाउने र केहीलाई एप्समा देखाएको आरोप छ ।
राजलाई मंगलबार बिहान स्थानीय समय अनुसार ११ बजे पुलिसले अदालतमा पेश गर्नेछ । यस अघि कुन्द्रालाई बिहान ४ः१५ बजे जेजे अस्पतालबाट मुम्बई कमिशनर पुलिसको कार्यालयमा ल्याइएको थियो। मुम्बई पुलिसले राज कुन्द्रासहित ११ जनालाई गिरफ्तार गरेको छ ।