२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतीय अभिनेत्री सुरेखाको हृदयघातको कारणले निधन

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं, साउन ।  अभिनेत्री सुरेखा सिक्रीको ७५ वर्षको उमेरमा निधन भएको छ।

द इन्डियन एक्सप्रेसका अनुसार उनको शुक्रबार बिहान उनको हृदयघातको कारण निधन भएको हो। 
तीन पटक नेसनल फिल्म अवार्ड जितेकी सुरेखाले सन् १९७८ को राजनितिक ड्रामा फिल्म ‘किस्सा कुर्सी’ का बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन्। तमस ९१९८८०, मम्मो ९१९९५० र सन् २०१८ मा रिलिज भएको फिल्म ‘बधाइ हो’मा गरेको अभिनयका लागि उनलाई नेसनल फिल्म अवार्ड प्रदान गरिएको थियो।

भारतको उत्तर प्रदेशमा जन्मिएकी सुरेखाले सन् १९७१ मा ुनेशनल स्कुल अफ ड्रामाुबाट स्नातक गरेकी हुन्। ‘बधाई हो’ सुरेखाले फिल्ममा आयुष्मान खुरानाको हजुरआमा बनेर अभिनय गरेकी थिइन् जुन धेरैले मन पराए। उनी नेसनल फिल्म अवार्ड लिन व्हीलचेयरमा गएकी थिइन्।
 चर्चित भारतीय टेलिशृंखला ‘बालिका वधु’मा कल्याणी देवीको भूमिकामा गरेको उनको अभिनय धेरैले मन पराएका थिए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार