२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भए

शनिवार , आषाढ २६, २०७८

काठमाडौं, असार । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा  अभिनेता श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा स्वास्थ्यका कारण मदनकृष्ण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कोभिड–१९ लाई जितेर घरैमा स्वास्थ्य लाभ गरिरहेका श्रेष्ठको स्वास्थ्यमा अहिले ठिक रहेको बताइएका छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार