२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बलिऊड नायिका कँगना कोरोना सङ्क्रमित

शनिवार , बैशाख २५, २०७८

काठमाडौं, बैशाख । भारतको बलिऊडकी चर्चित नायिका कँगना रनौट कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी साझा गर्दै उक्त भाइरसको प्रकोप सामान्य फ्लु रहेको र छिट्टै आफूले परास्त गर्ने बताउनुभएको हो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा शनिबार बिहान उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी साझा गर्नुभएको छ । केही असहज महसुस भएपछि आफूले परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको रनौटलाई उद्र्धत गर्दै भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

उहाँले इस्टाग्राममा लेख्नुभएको छ, “म हिमाचल प्रस्थान गर्न लागेको थिएँ, प्रस्थान अघि हिजो परीक्षण गराउँदा आज पोजेटिभ रिपोर्ट आएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार