२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

साम्राज्ञी शर्मा- : मिस टिन २०२१ प्रदेश १

बुधवार , बैशाख १, २०७८

बिर्तामोड, वैशाख । मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जित्नुभएको छ ।

 विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेको आयोजक ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टोर प्रणित पुडासैनीले जानकारी दिनुभयो ।

उपाधि विजेता शर्माले नगद ५० हजार सहित ट्रफि र ताज पाउनुभएको छ । साथमा अध्ययनका लागि छात्रबृत्ति समेत पाउनुभएको छ ।

यस्तै, मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई हुनुभएको छ उहाँहरुले क्रमशः नगद २० र १५ हजारसँगै ट्रफि पाउनुभएको छ ।

उहाँहरुले समेत छात्रवृति पाउनुभएको आयोजकले बताउनुभयो । प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी रहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार