२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नवीन र सुजनको ‘लजाएर' सार्बजनिक

शनिवार , फाल्गुण १५, २०७७

काठमाडौं, फागुन । नवीन र सुजनको सहकार्यमा ‘लजाएर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सुजनको युट्युव च्यालनमार्फत् गीति भिडियो सार्वजनिक भएको हो ।

शैलेश गिरीको शब्द रहेको गीतलाई सुजनले स्वर र संगीत दिएका छन् । भिडियोमा सुजनले प्रिया लिम्बुसँग स्क्रिन सेयर समेत गरेका छन् । भिडियोमा गायक र ‘फ्यान’बीचको प्रेमसम्बन्ध दृश्यकथामा आकर्षक र पृथक शैलीमा प्रस्तुत गरिएको छ ।

सरल शब्द, रुमानी दृश्य र मनप्रिय संगीतले गीति भिडियोलाई नयाँपन दिएको छ । भिडियोमा ‘तिनपाते’बाट निकै चर्चामा आएको जोडी मिलन खत्री र अनु काफ्लेको अभिनयले कथालाई रोमाञ्चक बनाएको छ ।

pic 1.jpg

त्यसैगरी सरिना गुरुङ, शिव थापा, सुजन भट्टराई लगायतको अभिनय पनि भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियोमा सधैं नौलो प्रयोग गर्न रुचाउने निर्देशक नवीन चौहानको छैटौं भिडियो बजारमा आएको छ ।

भिडियोमा पात्रहरूको मनोविज्ञान, उनीहरूको संवाद र दृश्यलाई मौलिक बनाउन उनको मेहेनत झल्केको देखिन्छ । नवीनका अघिल्ला भिडियो ‘लुकिछिपी’देखि ‘बटौली’, ‘के माया लाग्छ र’, हुँदै ‘तिनपाते’सम्म हेर्ने हो भने कथाहरू गाउँले परिवेशमा आधारित छन् ।

तर यसपालि उनको कथावस्तु र परिवेश भिन्न छ । सहरीया परिवेशमा उनले फरक शैलीको गीति भिडियो निर्माण गरेका छन् । उनी भन्छन्, ‘सहरीया परिवेशमा केही गर्ने हुटहुटी अलि अगाडिदेखि नै थियो । त्यो मौका अहिले आएर पूरा गर्न सकेकोमा खुसी छु ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार