२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भिडियो निर्देशनमा पत्रकार सन्तोष बसन्ता प्रकृतिको कलकल बग्ने सार्वजनिक

बिहिवार , पौष १६, २०७७

काठमाडौं, पुस । गायिका बसन्ता प्रकृतीको स्वरमा रहेको राष्ट्रभावको गीत “कलकल बग्ने”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दिपक शर्माको शव्द तथा संगीतमा रहेको गीतको म्यूजिक भिडियो निर्देशन सन्तोष जिविले गरेका छन् ।

राष्ट्र र राष्ट्रियता भाव प्रकट गरिएको गीतको भिडियोमा रेश्मा घिमिरेलाई फिचर गरिएको छ ।

समिर थोकरको कोरियोग्राफी रहेको भिडियोमा चेतन घिमिरे, सभ्यता घिमिरे, छाँया दर्नाल, सासा पौडेल, रितुस्मा केसी, सन्जु गान्धारी, अनुसा शाही र आरोही गान्धारीलाई देख्न सकिन्छ । 

आमोश तामाङको संगित संयोजन रहेको गीतको भिडियोको सम्पादन अविनाश डिसीले गरेका छन् भने छायाँकन डेनिश खनालको छ ।

गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार