बिश्वास र स्वाभिमान हराएको सूचना धर्म र नैतिकताले बाटाे बिराएको सूचना !! अाफ्नै देश भित्र अनागरिक बन्दै गर्दा बिदेशीहरु नागरिक बन्दै गरेकाे सूचना !! अास्था र बिश्वास हराएको सूचना !! मेरो देशकाे भूगोल खुम्चिदै ... सगरमाथा धसिदै.. गएकाे , अत्यन्त जरुरी सूचना !! सूचना!! सूचना !! सूचना !!
मन्दिरबाट झिकिएका गजुरहरु ... मध्यरातमा स्थानान्तरण गरिएका देवताका प्रतिमाहरु.. सूर्याेदयकाे देशबाट, एकैपटक पाताल मुनिकाे देशमा प्रर्दशनीमा फेला परेकाे खवर छ ... के कसाे भएको हाे? बिस्तृत बिवरण सुन्न बाँकि नै छ फेला पार्नु हुने महानुभावले .. निम्न ठेगानामा सम्पर्क गर्न अनुरोध गरिन्छ ..!!
मेचीमहाकालीकाे चेप्टिएकाे मानचित्रमा धर्मभक्त र दशरथका कथाहरु नालापानि र कालापानी सँगैका विरताका ईतिहासहरु .. पुर्नर्लेखन हुदैछन् भन्ने सुन्छु..!
हिमाल ,पहाड र तराईकाे अात्मियता.. रात्रीभाेज र उत्सवहरुमा बिनिमय हुदै गर्दा हाेलिवाइन सँग खुशि मनाउनेहरु पशुपतिनाथ र मुक्तिनाथ माथि ... जनकपुर र लुम्बिनी माथि .. लिपुवा र टनकपुर माथि .. श्रीपेच र सिंहासन माथि ..... पानीकाे राजनीति गर्नेहरु ... तैनाथ भएको अत्यन्त जरुरी सूचना छ !!
बर्षाैकाे अाक्रमण र लुछाचुडिकाे खेलबाट फेरि, तराईकाे काखमा पड्कदै गरेकाे .. बारुदकाे गन्ध सँगै ... कयौं पटककाे अंकगणितले ईङ्कित सगरमाथाकाे पग्लिएकाे उचाइ सँगै मेची कन्काई र रतुवा हुँदै अाएका एक हुल परेवाहरु .... यहि कतै हराएकाछन् , अल्मलिएका छन् फेला पार्नु हुने महानुभावहरुले निम्न ठेगानामा सम्पर्क गर्न अनुरोध गरिन्छ !!