२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

शीर्षक - "सूचना !! "

मंगलवार , पौष १, २०७६

कविता

बिश्वास र स्वाभिमान हराएको सूचना
धर्म र नैतिकताले बाटाे बिराएको सूचना !!
अाफ्नै देश भित्र अनागरिक बन्दै गर्दा
बिदेशीहरु नागरिक बन्दै गरेकाे सूचना !!
अास्था र बिश्वास हराएको सूचना !!
मेरो देशकाे भूगोल खुम्चिदै ...
सगरमाथा धसिदै.. गएकाे ,
अत्यन्त जरुरी सूचना !!
सूचना!! सूचना !! सूचना !!

मन्दिरबाट झिकिएका गजुरहरु ...
मध्यरातमा स्थानान्तरण गरिएका देवताका प्रतिमाहरु..
सूर्याेदयकाे देशबाट, एकैपटक पाताल मुनिकाे देशमा
प्रर्दशनीमा फेला परेकाे खवर छ ...
के कसाे भएको हाे? बिस्तृत बिवरण सुन्न बाँकि नै छ
फेला पार्नु हुने महानुभावले ..
निम्न ठेगानामा सम्पर्क गर्न अनुरोध गरिन्छ ..!!


मेचीमहाकालीकाे चेप्टिएकाे मानचित्रमा
धर्मभक्त र दशरथका कथाहरु
नालापानि र कालापानी सँगैका
विरताका ईतिहासहरु ..
पुर्नर्लेखन हुदैछन् भन्ने सुन्छु..!

हिमाल ,पहाड र तराईकाे अात्मियता..
रात्रीभाेज र उत्सवहरुमा बिनिमय हुदै गर्दा
हाेलिवाइन सँग खुशि मनाउनेहरु
पशुपतिनाथ र मुक्तिनाथ माथि ...
जनकपुर र लुम्बिनी माथि ..
लिपुवा र टनकपुर माथि ..
श्रीपेच र सिंहासन माथि .....
पानीकाे राजनीति गर्नेहरु ...
तैनाथ भएको
अत्यन्त जरुरी सूचना छ !!

बर्षाैकाे अाक्रमण र लुछाचुडिकाे खेलबाट
फेरि, तराईकाे काखमा पड्कदै गरेकाे ..
बारुदकाे गन्ध सँगै ...
कयौं पटककाे अंकगणितले ईङ्कित
सगरमाथाकाे पग्लिएकाे उचाइ सँगै
मेची कन्काई र रतुवा हुँदै अाएका
एक हुल परेवाहरु ....
यहि कतै हराएकाछन् ,
अल्मलिएका छन्
फेला पार्नु हुने महानुभावहरुले
निम्न ठेगानामा सम्पर्क गर्न अनुरोध गरिन्छ !!🇳🇵🙏
 
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार