२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्ताधारी दलको चरित्र

बुधवार , श्रावण ७, २०७७

 


पुंजीवादी उर्जा लिदै कम्युनिष्टहरु सत्तामा छन् ।
सुधारवादी जबजमा यीनीहरु हराका छन् ।
भ्रष्ट्रचारले कम्युनिष्टलाई राम्रैसंग भेटेको छ ।
पुंजीबादले समाजवादलाई राम्रै संग रेटेको छ ।

माफियाको भलो गर्ने, नीजिकरण मौलाको छ,
आकाश किन्ने रहरमा, नवउदारवाद बौलाको छ,
सत्ताकै होडबाजीमा लम्पसारमा परेका छन् ।
निर्वाचनको जितौरीमा भ्रष्ट्रचार गर्न पाएका छन् ।

निर्वाचनमा मिठो बोल्दै घरदैलो धाएकै हुन् ।
समान्ता र पहिचानको भाषणहरु दिएकै हुन् ।
अर्को चुनाव आउंदा खेरी फेरि यीनी आउने होलान् ।
यहि पारा दोहोराउदै देशलाई अब बेच्ने होलान् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार