- गम्भीर र संवेदनशील विषयमा प्रतिपक्ष दलका नेताबीच बैठक बसेर साझा धारणा तयार पार्ने
- देश तथा जनताको हितका लागि सधैं सहकार्य गर्ने निर्णय
-
काठमाडौं, कात्तिक ।
विपक्षी दलहरूको बैठकले तत्काल संघीय संसद्को बैठक बोलाउन आह्वान गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग सम्बन्धित कुरा, न्यायालय र प्रहरीमाथि उठेका प्रश्न तथा पत्रकारहरूमाथि भएको धरपकड लगायतका विषयमा छलफल भएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए।
उनका अनुसार, पछिल्लो समय सार्वजनिक सम्पूर्ण विषयको समाधान संसद्बाटै खोज्न सकिने निष्कर्ष बैठकले निकालेको छ।
त्यस्तै, सरकारले हरेक कुरा अध्यादेशमार्फत मात्र चलाउन खोजेकाले पनि संसद् अपरिहार्य बनेको आङ्देम्बेको भनाइ छ।
सरकारका पछिल्ला गतिविधिले संसद्को गरिमामाथि नै प्रश्न उठाएको उनले बताए।
त्यस्तै, बैठकले गम्भीर र संवेदनशील विषयहरूको उचित टुङ्गो लगाउन प्रतिपक्ष दलका नेताहरू बीच बैठक बसेर साझा धारणा तयार पार्ने र देश तथा जनताको हितका लागि सधैं सहकार्य गर्ने निर्णय भएको उनले बताए।
उनले महाअभियोगबारे रास्वपा स्पष्ट नभएको भन्दै रास्वपाले यस बिषयलाई उठान गरेमा बिपक्षी दलले आवश्यक धारणा बनाउने उल्लेख गरे।