२०८३, कार्तिक ४ गते

मंगलवार, कार्तिक ४ गते २०८३

बूढीगण्डकी बाढी

सेनाबाट आरुघाटमा बेलीब्रिज निर्माण : ' सडकलाई हस्तान्तरण '

सोमवार , कार्तिक ३, २०८३

 

काठमाडौँ, कात्तिक ।

नेपाली सेनाले धादिङ र गोरखालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा बेलीब्रिज जडान गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

 

असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि बेलीब्रिज जडान सुरु गरेको थियो ।

सेनाले कात्तिक १ गते जडान कार्य सम्पन्न गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त ९० फिट ( २७.४३ मिटर) लम्बाइ र १३.७८ फिट (४.२ मिटर) चौडाइको बेलीब्रिज सञ्चालनमा आएसँगै धादिङ र गोरखाका आसपासका क्षेत्रका नागरिकलाई आवत - जावत गर्न सहज भएको छ।

पुल पुनःस्थापनाले बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानीमा समेत सहजता आउने विश्वास सेनाले लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार