काठमाडौं, भदाै ।
नेपाली सेनाले आज ४३ जना विदेशी नागरिकसहित २०८ जनाको उद्धार गरेको छ। रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाको ;हेलिकप्टरले आज २:३० बजेसम्म चिनियाँ ३८ जना र भारतीय ५ जनासहित २०८ जना नागरिकको उद्धार गरेको हो।
शु्क्रबारदेखि त्रिशूली-३ हाइड्रोपावरको टनेलमा फसेका टोलीहरूको उद्धारका लागि अस्थायी रूपमा बसेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायतका सामग्रीको प्रयोग गरी टनेलको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको सेनाले जनाएको छ।
प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब ७ हजार भन्दा बढी फौज खटिई घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा शव व्यवस्थापन कार्य भइरहेको बताइएको छ।