२०८३, भाद्र १६ गते

मंगलवार, भाद्र १६ गते २०८३

भोटेकोशी बाढी (अपडेट )

बिपद्काे ब्यथा  : '६२६ जनाको शव फेला, २ हजार ४२६ बेपत्ता '

मृतकमध्ये रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जना

शनिवार , भाद्र १३, २०८३

 

काठमाडौं, भदाै ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका हालसम्म ६२६ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ६२६ जनाको मृत्यु र २ हजार ४२६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।

प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जना छन्।

कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनाबाट ९३३ जना, रसुवाबाट ५६२ जना, नुवाकोटबाट ११५ जना, मकवानपुरबाट ६५ जना, सम्पर्कविहीन विदेशी नागरिक ५१७ जना, प्रहरी २७ जना, सेना ४५ जना, सशस्त्र प्रहरी १३ जना, भन्सार कार्यालय १५ जना, अध्यागमन कार्यालय ४ जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना रहेको प्राधिकरणले जनाएको छ।

खोज तथा उद्धारका लागि १५ हजार २३४ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार