२०८३, भाद्र १६ गते

मंगलवार, भाद्र १६ गते २०८३

बाढीले अवरुद्ध रसुवा : ' सडक सञ्जालसँग पुनः जोडियो '

शनिवार , भाद्र १३, २०८३

 

काठमाडौँ, भदौ ।

भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ-टोखा-छहरे-गड्खारपुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार - कालिकास्थान - सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन चलाउन मिल्ने गरी सडक सञ्चालनमा आएको हो ।

उक्त खण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ । सडक सम्पर्क पुनः स्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्याउन सहज हुने अपेक्षा गरिएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण सयौँको मृत्यु हुनुका साथै हजारौँको सङ्ख्यामा नागरिक सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकाय तथा सम्बन्धित सरोकार भएका निकाय परिचालन भएका छन् ।

प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरण कार्यलाई निरन्तरता दिइएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार