२०८३, भाद्र १२ गते

शुक्रवार, भाद्र १२ गते २०८३

भोटेकोशी बाढी बाढी प्रभावित क्षेत्र : ' सेनाद्वारा उद्धार र राहत तीव्र '

बिहिवार , भाद्र ११, २०८३

 

काठमाडौं, भदाै ।

रसुवास्थित नेपाल - चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाबाट प्रभावित क्षेत्रलाई केन्द्रित गरी खोज,उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

 

नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली बिहीबार बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार,हराइरहेका व्यक्तिको खोजी र विस्थापितलाई राहत दिन क्रियाशील रहेको छ।

सेनाले रसुवाको स्याफ्रूबेँसी,टिमुरे र मैलुङ क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी १२० जनाको हवाई उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्रमा दुई हजार ३५० सैनिक परिचालन भएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार हालसम्म चार सटल राहत सामग्री टिमुरे पुगिसकेको छ। मेडिकल टिम थपगरी त्रिशूलीमा  घाइतेहरूको उपचारको काम भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार