२०८३, भाद्र १२ गते

शुक्रवार, भाद्र १२ गते २०८३

प्राकृतिक बिपद्बारे सवर्दलीय छलफल

" विपत्तिमा राजनीति नगराैँ - राष्ट्रिय एकता कायम गराैँ "

हामी सबैले एउटा साझा संकल्प गर्नुपर्छ - विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरून'

बिहिवार , भाद्र ११, २०८३

 

काठमाडौँ, भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा सर्वदलीय बैठक सम्पन्न भएकाे छ ।

बैठकमा नेकपाका अध्यक्ष पुषपकमल 'दाहाल' प्रचण्डले विपत्तिका बेला राजनीतिक आग्रह- पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका थिए ।

 

अहिले देश गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ, लामो बहस र राजनीतिक मतभेदमा अल्झिने समय नभएको बताइएकाे छ । सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्धार र राहतमा जुट्ने समय हो, बैठकले भनेकाे छ।

तत्काल खोजी, उद्धार र राहतसँगै विपत्तिको दीर्घकालीन जोखिम न्यूनीकरण र रोकथामका लागि वैज्ञानिक, प्राविधिक तथा नीतिगत अध्ययन गरी राष्ट्रिय रणनीति बनाउनुपर्नेमा छलफलमा जोड दिइएकाे छ।

तर अहिलेको पहिलो दायित्व मानिसको जीवन बचाउनु रहेको भन्दै प्रचण्डले खोजी, उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने कुरामा जाेड दिइएकाे छ ।

राजनीतिक मतभेद र विमति लोकतन्त्रमा स्वाभाविक भए पनि विपत्तिका बेला ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्ने छलफलका क्रममा बताइएकाे छ ।

आज हामी सबैले एउटा साझा संकल्प गर्नुपर्छ—विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्,।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार