२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

एसीसी प्रिमियर कप : नेपालको पहिलो खेल साउदीसँग

शनिवार , श्रावण २३, २०८३

 

काठमाडौँ, साउन ।

एसियन क्रिकेट काउन्सिल -एसीसीं) ले एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ । आगामी अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि एसीसीले शनिबार खेल तालिका सार्वजनिक गरेको हो ।

 

तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १ तारिख साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ । अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेको छ ।

नेपालले समूहको दोस्रो खेल सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ तारिख हङकङसँग खेल्नेछ ।

समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार