२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' राप्रपा देशी विदेशी शक्तिको घेराबन्दीमा ' :  राजेन्द्र लिङ्देन

देशीविदेशी शक्तिको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी  छैन

शनिवार , आषाढ १३, २०८३

 

काठमाडौं, असार ।

राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशी विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरुप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन्। 

शनिबार काठमाडौं आयोजित राप्रपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशीविदेशी शक्तिहरूको घेराबन्दी भइरहेको अवस्थामा मैदान छोडेर भाग्नेहरुप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका हुन्। 

उनले केहीले पार्टी छाडेर भागे पनि राप्रपालाई अघि बढ्नबाट कसैले रोक्न नसक्ने उल्लेख गरे। पछिल्लो चुनावमा विघटित संसदमा रहेका सबै राजनीतिक दलहरूको आकार खुम्चिएको अवस्थामा राप्रपा राष्ट्रिय पार्टीका रूपमा कायमै रहेको उनले बताए।

अध्यक्ष लिङदेनले अहिले नयाँ रोजिएको दल पनि बेइमान निस्किएर काङ्ग्रेस कम्युनिस्टहरू जस्तै भए देशलाई विकल्प दिन एकमात्र पार्टी राप्रपा मात्रै भएको धारणा राखे। 

उनले युवा र अग्रजहरूको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी राप्रपा नै भएकाले सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको भएको बताए। 

उनले संसारमा ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति भएको भन्दै मुलुक हाक्न उमेरले कुनै प्रभाव नपार्ने समेत बताए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार