२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

देशभरको मौसम पूर्वानुमान

हिमाल - पहाडमा वर्षा र हिमपात : ' तराईमा तातो हावा '

' पहाडी भू- भागमा आंशिक बादल लाग्ने '

सोमवार , जेठ ११, २०८३

 

काठमाडौँ, जेठ ।

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू- भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू- भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू - भागमा साधारणतया बादल लागेको छ ।

मधेश प्रदेशलगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू- भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू- भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू- भागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू- भागमा तातो दिन तथा तराई भू- भागमा तातो लहर हुने सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू- भागमा साधारणतया बादल लाग्नेछ ।

बाँकी प्रदेशको पहाडी भू- भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू- भागमा मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू- भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार