२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते

बिहिवार , मंसिर ११, २०८३

काठमाडौँ,र्मसिर । नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

कावासोती–१६, डण्डाबाट दुम्कीबासतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाका अनुसार दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको छ।

घाइतेमध्ये ९ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको परिचय खुल्न बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार