२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक : ' श्रम संस्कृति पार्टीको विरोध '

मंगलवार , जेठ ५, २०८३

 

काठमाडौँ, जेठ ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ । बैठक सुरु भए लगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदले आ- आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

संसदको कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदले विभिन्न माग अङ्कित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए ।

उक्त दलले सोमबारको बैठकमा यसैगरी विरोध प्रदर्शन गरेको थियो । लगातार दोस्रो दिन पनि संसद् बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार