२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा वैठक

अध्यक्ष साम्पाङले भने : ' प्रधानमन्त्रीबाट संसदको गरिमा  तलमाथि '

बिहिवार , बैशाख ३१, २०८३

 

काठमाडौं, बैशाख ।

श्रम सँस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहकै कारण संसदको गरिमा र मर्यादा तलमाथि भइरहेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद साम्पाङले सरकारको नीति तथा कार्यक्रमका विषयमा सदनमा छलफल भइरहेका बेला प्रधानमन्त्री अनुपस्थित भएको भन्दै आपति जनाए ।

आफ्नै सरकारको नीति तथा कार्यक्रममा विषयमा जवाफ दिन प्रधानमन्त्री नआउने मर्यादा विपरीत भएको सांसद साम्पाङले बताए । उनले प्रधानमन्त्री संसद मात्र नभई तीन करोड जनताको अभिभावक भएकाले प्रश्नबाट भाग्ने नभई जवाफ दिनु पर्ने बताए ।

उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नआएका प्रधानमन्त्री सांसदको प्रश्नको जवाफ दिन आउने विश्वास व्यक्त गर्दै सांसद साम्पाङले आफ्नो विहेमा अर्कालाई बेहुला बनाएर पठाउन नहुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार