२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि सभा बैठक

दोस्रो अधिवेशन प्रारम्भ  : '  विभिन्न अध्यादेश प्रस्तुत हुँदै '

सोमवार , बैशाख २८, २०८३

 

काठमाडौँ, वैशाख ।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज अपराह्न २ बजेदेखि प्रारम्भ भएको छ ।  नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा सुरु भएको बैठकमा सुरुमै सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसैगरी बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् हेरफेर र पुनर्गठनसम्बन्धी पत्रको बेहोरा समेत जानकारी गराइने छ । बैठक सञ्चालनका क्रममा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रतिनिधि सभाका विभिन्न सदस्यहरूलाई मनोनयन गरिएको छ । 

यसैबिच सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि सदनमा पेस गर्नेछन ।  

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ बैठकमा प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

सरकारका तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले ‘सार्वजनिक खरिद -दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् -काम, कर्तव्य, अधिकार र कार्यविधि) -पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नुहुने छ । 

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण -तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गरे ।   कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ सभामा प्रस्तुत गरेकी छन ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले ‘सहकारी -पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका छन ।  

संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बैठकको कार्यसूची र सञ्चालनका विषयमा आवश्यक समन्वय गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार