राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन ।
मङ्गलबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन ।
नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन ।