२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सीमाका नेपालीको समस्या

कांग्रेस सभापति थापाले भने : ' सदनबाट सरकारकाे ध्यानाकर्षण गराउँछौं '

शुक्रवार , बैशाख १८, २०८३

 

काठमाडौं, बैशाख ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाई गर्दा सीमा वरिपरि बस्ने नेपाली नागरिकले भोग्नुपरेको समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराइने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा पार्टीको ग्रिन टेबलको पहिलो श्रृङ्खलामा बोल्दै सभापति थापाले भन्सारमा कडाई गर्दा सीमा वरिपरि बस्ने नागरिकहरुको दैनिक जीवनयापनमा नै समस्या देखिएको भन्दै यसबारे सदन र बिभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइने बताएका हुन् ।

उनले भन्सारमा कडाई गर्दा स्थानीय नागरिकमाथि सुरक्षाकर्मीबाट हुने व्यवहारले आत्मसम्मानमाथि चोट पुगेको देखिएको धारणा राखे । भन्सारमा कडाई गर्दा व्यवहारिक पक्षलाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

सभापति थापाले भन्सारमा राम्रो गर्ने नाममा नागरिकलाई अनावश्यक दुख दिने जस्ता नचाहिने कुराहरूमा हात हाल्ने काम नगर्न सरकारलाई सुझाव समेत दिए ।

सीमामा हुने गरेको अव्यावहारिक कुराहरूलाई सधैँको लागि बन्द गर्नुपर्ने भए पनि कांग्रेस सरकारमा नै भएका बेला सय रुपैयाँ भन्दा बढिका सामानमा कर लगाउने काममा जोड दिदा आफूहरुकै दवावमा सरकार पछि हट्नु परेको उनले बताए ।

सभापति थापाले अहिले जनताले उठाएका प्रश्न र गुनासालाई सुन्न सरकार तयार हुनुपर्नेमा जोड दिए । सीमानाको छेउमा बस्ने नागरिकहरुलाई अपराधी जस्तो गरि काम गर्नु उचित नहुने उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार