२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारका जनहितका कार्य

' सरकारलाई कांग्रेसको साथ रहन्छ ' : उपसभापति शर्मा

' कांग्रेसलाई समय अनुसार परिमार्जन, व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने'

बिहिवार , बैशाख १७, २०८३


काठमाडौँ, वैशाख ।

नेपाली कांग्रेसलाई समय अनुसार परिमार्जन, व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताएका छन ।

प्रेस युनियन झापाले बिहीबार आयोजित गरेकाे पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले भने, ' पार्टी अहिले नियमित महाधिवेशनतर्फ अग्रसर भइसकेको छ ।'

' विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसकेको छ, पार्टीभित्र अब कुनै विवाद छैन ।'

उनले कांग्रेसभित्र लामो समयदेखि राजनीति गर्दै आउनुभएका अग्रज तथा अभिभावकहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनीहरूलाई सम्मानपूर्वक समेट्दै अघि बढ्ने बताए ।

हाम्रो उमेर बराबर राजनीति गरेका अभिभावकहरू पार्टीमा हुनुहुन्छ, उहाँहरूलाई साथमै लिएर अघि बढ्छौँ, उनले भने । उपसभापति शर्माले संसद्मा पनि कांग्रेसको भूमिका सशक्त र जिम्मेवार हुने बताए ।

प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेस संयमित, परिपक्व र खबरदारीपूर्ण ढङ्गले प्रस्तुत हुने उनको भनाइ थियो ।

शर्माले बदलिँदो राजनीतिक परिवेश अनुसार पार्टीलाई रूपान्तरण गर्दै जनताको अपेक्षा  अनुसारको कार्यशैली अपनाइने जानकारी दिए ।

वर्तमान सरकार पाँचवर्ष चलोस् , यसले जनताको अपेक्षा पूरा गरोस् भन्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पार्दै उनले भने, ' संविधान संशोधनलगायतका विषय वा जनहितमा हुने जुनसुकै कार्यमा सरकारलाई कांग्रेसको सधैँ साथ र सहयोग रहन्छ ।'


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार