काठमाडौं, बैशाख ।
नेपाली कांग्रेसले पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काको स्पष्टीकरणको विषय तामेलीमा राख्ने निर्णय गरेको छ।
बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो। यसअघि वैशाख २ गतेको निर्णय अनुसार खड्कालाई स्पष्टीकरण सोधेको थियो।
तर,वैशाख ४ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उक्त निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै समितिले हाल यस विषयसम्बन्धी निर्णय प्रक्रिया तामेलीमा राख्ने निर्णय गरेको हो।