२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

वर्तमान आर्थिक स्थितिपत्र सार्बजनिक

अन्तर्राष्ट्रिय परिवेशमा नेपाल : ' कस्तो छ त आर्थिक अवस्था ? '

नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहे तापनि दिगो बनाउने चुनौती

सोमवार , बैशाख १४, २०८३

 

काठमाडौं, बैशाख ।

पछिल्लो समयको विश्व भू-राजनीतिक तनाव र विशेषगरी मध्यपूर्वको बढ्दो द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौतीहरू थप्ने देखिएको छ।

अर्थ मन्त्रालयले आज प्रकाशन गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रमा द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौतीहरू थप्ने देखिएको उल्लेख छ।

विवरण अनुसार पश्चिम एसियाका १५ मुलुकमा कार्यरत करिब १७.५ लाख नेपाली कामदार र कुल विप्रेषण (रेमिट्यान्स) को ३७.४ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रको अस्थिरताले वैदेशिक रोजगारी र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष जोखिम निम्त्याएको छ।

यसैगरी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनामै करिब ६० प्रतिशतले वृद्धि भई आन्तरिक मूल्यमा समेत चाप परिसकेको छ।

यसका साथै रासायनिक मलमा निर्भर नेपाली अर्थतन्त्रलाई यसले थप प्रभावित तुल्याउने देखिएको स्थितिपत्रमा उल्लेख छ। सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा नेपाल ग्रे- लिष्टमा परेको छ।

वित्तीय कारबाही कार्यदलले २०८१ फागुन ९ देखि नेपाललाई ग्रे-लिष्टमा राखेसँगै अन्तर्राष्ट्रिय जगतमा मुलुकको वित्तीय विश्वसनीयतामा प्रश्न उठेको स्थितिपत्रमा उल्लेख छ।

स्थितिपत्र अनुसार नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहे तापनि यसलाई दिगो बनाउने चुनौती छ। आगामी २४ नोभेम्बर २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपाल योग्य छ।

विकास यात्राको एउटा महत्वपूर्ण कोशेढुंगा भए तापनि यस स्तरोन्नतिलाई दिगो बनाउनु स्थितिपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार