२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस बिबाद

सबैलाई समेटेर अघि बढ्ने - ' जिम्मेवारी सभापतिको हो'

शनिवार , बैशाख ५, २०८३

 

काठमाडाैँ, वैशाख ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी अब पार्टी नेतृत्वको काँधमा आएको बताएका छन । 

कांग्रेसको आधिकारिकता दाबीसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट विशेष महाधिवेशन पक्षधरको पक्षमा निर्णय भएसँगै सभापति बानियाँले सञ्चारकर्मीसँग  यस्तो प्रतिक्रिया दिएका हुन ।

उनले परिस्थिति अनुसार कांग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षबीच मतभेद रहे पनि सर्वोच्च अदालतले यससम्बन्धी विवादमा अन्तिम निर्णय दिइसकेको अवस्थामा त्यसको सम्मान गर्दै पार्टीको आन्तरिक एकता मजबुत बनाउनुपर्ने बताए । 

सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी अब पार्टी नेतृत्वको काँधमा आएको छ,” उनले भने, “पार्टीका सबै तह र तप्का, नेतृत्व वर्ग, भातृ तथा शुभेच्छुक संस्था र पार्टीप्रति आस्था राख्ने सबै साथीहरू एकताबद्ध भई १५औँ महाधिवेशन सफल बनाउन क्रियाशील हुन अनुरोध गर्दछु।

प्रदेश सभापति बानियाँले कांग्रेस सदैव नीति, विधि र न्यायिक निर्णयको पक्षमा दृढ रहँदै आएको बताउँदै यही नै कांग्रेसजनको पहिचान भएको उल्लेख गरे। कांग्रेसको आन्तरिक विवादका सन्दर्भमा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाएको थियो।

सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधता प्रदान गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार