काठमाडौं, चैत ।
प्रतिनिधिसभाको चालू पहिलो अधिवेशन आजराति १२ बजेबाट अन्त्य हुने भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको चालू पहिलो अधिवेशन आज राति १२ बजेबाट अन्य हुने घोषणा गरेका हुन्।
नेपाल सरकार मन्त्रिपरिषदको चैत २४ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा -२) बमोजिम भोलि राति १२ बजेबाट लागू हुने गरी संसदको चालु अधिवेशन अन्त्य गरेका थिए।