२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

उपसभामुख पदको निर्बाचन

कांग्रेसले उपसभामुखमा : ' रुबी ठाकुरलाई मत हाल्यो '

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौँ, चैत

नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको सांसद अर्जुननरसिंह केसीले जानकारी दिए ।

उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुरलाई मत हाल्न सांसदहरूलाई निर्देशन दिइएको समेत बताए।

उनले भने, उपसभामुखको निर्वाचनको सन्दर्भमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गर्नका लागि अनौपचारिक रूपले बसेका हौँ । यो हाम्रो पूर्ववत् निर्णय भए पनि त्यसको सूचना सबै माननीयज्यूहरूलाई दिनका लागि बैठक बसेको हो ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ । उपसभामुख पदमा ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाको उम्मेदवारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार